प्राइम बैंकद्वारा भूकम्पपीडितहरुलाई २५ लाख ५१ हजार सहयोग गर्ने

अर्थ/वाणिज्य

कााठमाडौं । भूकम्पपीडितहरुको तत्काल राहत सहयोगार्थ प्राइम कमर्सियल बैंक लिमिटेडले रु. २५ लाख ५१ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

शुक्रबार, राति जाजरकोट केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पबाट जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति प्राइम कमर्सियल बैंकले परिवार गहिरो दुःख व्यक्त समेत गरेको छ ।

विनाशकारी भूकम्पको चपेटामा परी दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा बैंकले हार्दिक समवेदना व्यक्त गरेको छ ।

साथै, उपचाररत सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ