आर्या बचत तथा ऋण सहकारी संस्थामा पुनः तेस्रो पटक अध्यक्ष घिमिरे

अर्थ/वाणिज्य

इमरान खान, कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नं.१ तौलिहवास्थित आर्या बचत तथा ऋण सहकारी संस्थाको १५ साधारण सभा तथा पाँचौ अधिबेशनबाट अध्यक्षमा पुनः तेश्रो कार्यकालका लागि युवा नेता प्रकाश घिमिरे निर्बिरोध निर्बाचित भएका छन् ।

घिमिरेको अध्यक्षतामा १३ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक प्रबीण श्रीवास्तवले बताए ।

समितिको उपाध्यक्षमा युवा नेता अनुप कुमार पाण्डेय, सचिवमा कृष्णमोहन शुक्ला, कोषाध्यक्षमा मुकेश कुमार श्रीवास्तव रहेका छन् ।

त्यस्तैगरी सदस्यहरुमा निशा श्रीवास्तव, सिता गिरी, सुरेश गुप्ता, बृजेश भटरा, सन्तोष मल्लाह, गणेश श्रीवास्तव अनिल क्षेत्री रहेका छन् ।

संस्थाको लेखा समिती संयोजकमा अनिरुद्ध प्रसाद तिवारी र सदस्यमा त्रिबिक्रम जोशी, सन्दिप दुबे रहेका छन् ।

यस्तै, ऋण समितीको संयोजकमा सहिद मुसलमान र सदस्यमा धिरेन्द्रराज उपाध्याय, राकेश पाण्डेय रहेका छन् ।

तेश्रो कार्यकालका लागि निर्वाचित घिमिरेले आफुले सहकारीको संस्थागत र भौतिक विकासमा सक्दो कोशिस गरी र आफ्नो मनतनले यस ऋण सहकारी संस्थालाई अगाडि लैजाने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ