अर्बौं मुल्यका चिनियाँ विमान फोहोर जस्तै बिक्दैनन्

अर्थ/वाणिज्य

काठमाडौं । नेपाल वायुसेवा निगमले दोस्रो पटक लिलामीका लागि राखेका पाँच चिनियाँ विमानका लागि प्रस्ताव नआएपछि मंगलबार पुनः ग्लोबल टेण्डर आह्वान गरिएको छ ।

यी विमानहरू जंकयार्ड मूल्यमा पनि बेच्न नसक्ने अवस्था सिर्जना भएको छ। यी विमान खरिदका लागि कुनै पनि कम्पनीले प्रस्ताव नगरेपछि निगमले व्यक्ति वा संस्थालाई फागुन २१ गतेसम्म बोलपत्र बुझाउन पुनः सूचना जारी गरेको हो ।

अर्थ मन्त्रालयको स्वीकृतिपछि निगमले यी विमान बिक्रीका लागि दोस्रो पटक अन्तर्राष्ट्रिय रूपमा बोलपत्र आह्वान गरेको थियो । करिब साढे तीन वर्षदेखि त्रिभुवन विमानस्थलमा यी विमान ‘ग्राउन्ड’ छन् ।

पाँचवटा विमानको हालको मूल्याङ्कनका आधारमा ३८ करोड रुपैयाँ तोकिएको छ । “यो जंकयार्ड मूल्य हो,“ निगम स्रोतले भन्यो। “यी विमानहरू सञ्चालनमा आएको भए मूल्य अलि बढी हुन्थ्यो तर लामो समयदेखि ग्राउन्ड भएकाले हामीले जंकयार्ड मूल्यमा बेच्नुपर्छ।“ नागरिक न्यूज डटकमबाट

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ