सूर्यज्योतिले मनायो आफ्नो १६ औं वार्षिकोत्सव

अर्थ/वाणिज्य

काठमाडौं । जीवन बीमा कम्पनीहरुबीच पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरि देशैभरि रहेका सम्पूर्ण शाखाहरुमा केक काटेर हर्षोल्लासका साथ १६औं वार्षिकोत्सव मनाएको छ ।

१५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्स क. लि. र छोटो अवधिमा उल्लेखनीय सेवा प्रदान गरि आफुलाई एक सबल कम्पनीको रुपमा प्रस्तुत गरेको ज्योति लाईफ इन्स्योरेन्स क. लि. बीच मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स क. लि. ले २०७९ पौष ७ गते आफ्नो संयूक्त कारोबार सूरु गरेको थियो ।

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीलाई १६ वर्षदेखि निरन्तर सफलता प्राप्त गर्न साथ दिनुहुने सम्पूर्ण शुभचिन्तकहरूका साथै अटुट सम्बन्ध राख्नुहुने आदरणीय ग्राहकवर्ग, अविरल साथ दिनुहुने अभिकर्ताहरु ,अहोरात्र खट्नु हुने कर्मचारीहरु, हौसला प्रदान गर्नुहुने शेयरधनी महानुभावहरू, सदैव सत्मार्ग देखाउनुहुने संचालक समिति, मार्गनिर्देश गर्नुहुने आदरणीय नियमनकारी निकायहरू, व्यावसायिक साझेदारहरु लगायत सम्पूर्ण संचारकर्मीहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा अझै गुणस्तरीय सेवा प्रदान गर्दै प्रतिबद्धता जाहेर गर्नुभयो ।

साथै यहि अवसरमा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले कम्पनीप्रति विश्वास गरी जोडिनुहुने सम्पुर्ण सरोकारवालाहरु लगायत सदैव मार्गनिर्देश गर्नुहुने आदरणीय नियमनकारी निकायहरू प्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।

कम्पनीले नविनतम प्रविधिमैत्री तथा समय सापेक्ष उत्कृष्ट सेवा पस्कदै आएको र सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको आर्थिक सुरक्षा दिदै आएको छ।नेपालको एकमात्र तथा पहिलो क्ष्क्इ ढण्ण्ज्ञस्द्दण्ज्ञछ बाट सम्मानित सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको हाल चुक्ता पुँजी रु ४५४ करोड, जीवन बीमाकोष रु ३,२०० करोड, कुल लगानी रु ३,७५० करोड रहेको छ भने नेटवर्थ रु ७५६ करोड रहेको छ ।

कम्पनीले हाल १७८ शाखाहरु मार्फत सेवा प्रदान गर्दै २८ लाख बीमालेख जारी गरिसकेको छ भने हाल कम्पनीसंग आवद्ध प्रशिक्षित अभिकर्ता संख्या ९६ हजार रहेको छ ।

कम्पनीको चैत २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० दशमलव २६ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत गरि २४ दशलमव ७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ