काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई टिस्टुङ्गमा अवस्थित टिस्टुङ्ग रिसोर्टको विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।
एक समारोहका बिच सम्पन्न सम्झौतामा टिस्टुङ्ग रिसोर्टका सञ्चालक गोविन्द महर्जन र सन्त महर्जन र प्रभु बैँकका तर्फबाट बागमति प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्ट र मार्केटिङ्ग म्यानेजर सविन शम्शेर राणाद्धारा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा उक्त रिसोर्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।
मकवानपुर जिल्ला बागमति प्रदेशको मूख्य केन्द्रविन्दु तथा वागमति प्रदेशको राजधानी समेत हो । उक्त रिसोर्ट मकवानपुर जिल्लाको उत्तरी भेगमा अवस्थित रहेको छ भने काठमाण्डौ उपत्यकाबाट दक्षिण पश्चिमको भागसँग जोडिएको एक शान्त, सुन्दर र रमणीय ठाउँमा अवस्थित छ । विभिन्न जातजातीहरुको बसोवास रहेको यो स्थान समुद्री सतहबाट १७०३ मी. उचाईमा रहेको छ ।
तपाईको प्रतिक्रिया