चितवन । भरतपुर महानगरपालिका वाड नं–१० स्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैँक लिमिटेड बीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
आइतबार प्रभु बैँकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेज अफ मेडिकल साइन्सका तर्फबाट एडिसनल डाइरेक्टर डा.मनोहर प्रधानले समझौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार कलेज अफ मेडिकल साइन्ससँग प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत बिशेÈ छुट पाउने भएका छन् ।
सिओएमएसमा उपचार गर्दा औषधि, सिटि स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजि मा समेत २०% सम्मको छुट पाउने छन् ।
प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुले कलेज अफ मेडिकल साइन्सको सुबिधा तथा सेवा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणालीद्धारा विल भुक्तानी गर्नुपर्ने छ । तर यो सुविधा प्राप्त गर्नको लागि प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खूल्ने कागजात अनिवार्य पेश गर्नुपर्ने छ ।
तपाईको प्रतिक्रिया