वीरगन्ज । इलेक्ट्रिक सवारीसाधन (ईभी) वितरणको क्षेत्रको अग्रणी नाम सीजी मोटर्सले नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गर्दै मधेश प्रदेशलाई केन्द्रित गर्दै वीरगन्जमा अत्याधुनिक ब्रान्डहरूको विविध श्रृंखला लञ्च गरेको छ।
कम्पनीले यस क्षेत्रमा मिनोल्टा इन्भेस्टमेन्ट प्रा.लि. लाई आधिकारिक च्यानल पार्टनरको रूपमा नियुक्त गर्दै नेपालको अटोमोबाइल क्षेत्रलाई रूपान्तरण गर्न प्रतिबद्धता जनाएको छ।
उद्घाटन कार्यक्रम वीरगन्ज महानगरपालिकाका मेयर श्री राजेश मान सिंह, मिनोल्टा इन्भेस्टमेन्टका कार्यकारी निर्देशक श्री राजेश अग्रवाल, सीजी मोटर्सका सीईओ/डाइरेक्टर श्री हेमन्त अग्रवाल, सञ्चारकर्मी र अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा सम्पन्न भयो।
यो पहलले बिरगंजमा विश्वप्रसिद्ध ईभी ब्रान्डहरू जस्तै एभाटर (AVATR), एक्सपेंग (XPENG), नेटा (NETA), आयोन V (AION V), आयोन Y (AION Y) र रिडारा (RIDDARA) ल्याएको छ, जसले उन्नत र पर्यावरणमैत्री गतिशीलता समाधान प्रदान गर्नेछ।
प्रत्येक ब्रान्डले विशेष विशेषताहरू र प्राविधिक उन्नति प्रस्तुत गर्छः
ग्राहकहरूको सुविधा बढाउन, सीजी मोटर्सले CG Cares Service App पनि प्रस्तुत गरेको छ, जसले +९७७ ९७०७०९४२०७ हटलाइनमार्फत २४/७ सडक सहायताको सेवा दिन्छ। नेपालभरका २१ भन्दा बढी सेवा तथा स्पेयर पार्ट्स केन्द्र र २३० भन्दा बढी चार्जिङ स्टेसनहरूको पहुँचको साथ, वीरगन्ज-मधेश प्रदेशका ग्राहकहरूले अब CG Care सुविधाबाट विशेष सेवाहरू पाउँदै सहज मर्मतसम्भार र उत्कृष्ट ग्राहक अनुभव प्राप्त गर्न सक्नु हुनेछन्।
तपाईको प्रतिक्रिया