एसएमएल इसुजुको आधिकारिक बिक्रेताको रुपमा लक्ष्मी ग्रुप नियुक्त

अर्थ/वाणिज्य

काठ्माडौं । एस एम एल इसुजुले नेपालका लागि एक मात्र आधिकारिक बिक्रेताको रुपमा लक्ष्मी ग्रुपलाई नियुक्त गरेको छ ।

जापानी प्रविधिमा आधारीत तथा भारतमा निर्मित एस एम एल इसुजुले बस तथा ट्रकहरु निर्माण गर्दै आएको छ । नेपाली भु–बनोट तथा बजारमा लोकप्रिय तथा प्रभावकारी मानिने एस एम एल इसुजुका सवारी साधानहरु विगत लामो समयदेखि लोकप्रिय रहँदै आएको छ ।

एस एम एल इसुजुको आधिकारिक बिक्रेता भएसँगै लक्ष्मी कमर्सियल भेहिकल्सले आक्रमक बजार विस्तार तथा सुदृढीकरण लागी सदैव तत्पर रहने जनाएको छ ।

लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकल्सले विगत सात वर्षदेखि एस एम एल इसुजुका सवारी साधान बिक्री गर्दै आएको तथा हाल नेपालमा सातै प्रदेशमा सेल्स तथा सर्भिस सञ्जाल रहेको तथा आगामी दिनमा अंझै विस्तार गर्दै लैजाने यस कम्पनीका सेल्स हेड सञ्जय खड्काले बताए ।

खड्काले लक्ष्मी कमर्सियल भेहिकल्सले ग्राहकको सहजताको लागी देशैभर स्पेयर पार्टसको उपलब्धता सुनिश्चित गरिने प्रतिबद्धता जनाएका छन् ।

‘यस ब्राण्डप्रति हामीले देखाएको समर्पण प्रतिबद्धता र मेहनत लाई मध्यनजर गर्दै एस एम एल इसुजुले एक मात्र आधिकारिक वितरकको जिम्मेवारी दिएको हो,’ उनले भने । कम्पनीको यस निर्णयबाट हामी अत्यन्त खुसी र उत्साहित रहेको पनि खड्काले बताए ।

एस एम एल इसुजुको नेपाली बजारमा लाइट तथा मिडियम ट्रक टिप्पर साथै स्कुल बस र स्टाफ बसअन्र्तगत विभिन्न क्षमताका बस र ट्रकहरु उपलब्ध छन् ।

स्कुल बस सेग्मेन्टमा यस ब्राण्डले विगत लामो समयदेखि बजारको अग्रनी स्थानमा रहेको पनि जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ