सेन्चुरी बैंकको पनि पुग्यो आठ अर्ब चुक्ता पूँजी, ५ प्रतिशत बोनस पारित

अर्थ/वाणिज्य

3/15/2018

सेन्चुरी बैंक ले पनि राष्ट्र बैंकले तोकेको आठ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याएको छ । बैंकको फागुन ३० गते बुधबार सम्पन्न ७ औ बार्षिक साधारणसभाले पाँच प्रतिशत बोनस पारित गरेसँगै बैंकको चुक्ता पूँजी आठ अर्ब नाघेको हो ।

 

साधारण सभामा बैंकले ५ प्रतिशत बोनस र ५ प्रतिशत नै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्स प्राप्तीपछि कायम चुक्ता पुँजी ७ अर्ब ६७ करोड ९४ लाख रुपैयाँको पाँच प्रतिशत अर्थात ३८ करोड ३९ लाख ७३ हजार ९२ रुपैयाँको बोनस सेयर वितरण गर्ने भएको हो ।

 

बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ६ करोड ३४ लाख ३४ हजार रुपैयाँ पुग्नेछ ।

यसैगरी साधारणसभाले कम्पनीको प्रवन्ध–पत्रमा र नियमावली संशोधन गर्ने जिम्मा सञ्चालक समितीलाई दिएको छ ।

 

चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ३२ करोड ५१ लाख रुपैयाँ र प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४७ पैसा रहेको छ । यस अवधिमसम्म बैंकले ५२ अर्ब १७ करोड निक्षेप संकलन गरेर ४७ अर्ब ०२ करोड कर्जा परिचालन गरेको छ । 

merolagani

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ