दोस्रो भ्रष्टाचार मुद्दामा चुडामणि शर्मा ४५ लाख धरौटीमा रिहा

अर्थ/वाणिज्य

3/5/2018

भ्रष्टाचार मुद्दा खेपिरहेका राजश्व अनुसन्धान विभागका पूर्व महानिर्देशक चुडामणि शर्मा दोस्रो भ्रष्टाचार मुद्दामा ४५ लाख रुपैयाँ धरौटीमा छुटेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर गरेको थियो ।

अदालतले शर्मालाई ४ करोड बराबरको भ्रष्टाचार मुद्दामा ४५ लाख धरौटीमा रिहा गर्ने आदेश गरेपछि उनी धरौटी रकम बुझाएर छुटेका हुन्। शर्माले नेपाल इन्भेष्टमेन्ट बैंकको बैंक ग्यारेन्टी सो रकम बुझाएका हुन् ।

विशेषका न्यायाधीशद्वय द्वारिकामान जोशी र चण्डीकाराज ढकालको इजलासले शर्मासँग ४५ लाख धरौटी माग गर्ने आदेश गरेको थियो।

शर्मा आइतबार विशेष अदालतमा उपस्थित भएका थिए। शर्माको विशेष अदालतमा रहेको यो दोस्रो मुद्दा हो। 
कर फर्स्यौट आयोगको सदस्य(सचिव रहँदा एक अर्ब राजश्व हिनामिना गरेको अभियोगमा दायर गरिएको भ्रष्टाचार मुद्दामा एक करोड धरौटीमा रिहा भएका थिए ।

शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीलाई १० अर्ब ९६ करोड रुपैयाँ भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता भएको थियो । शर्मा कर फर्छ्यौट आयोग २०७१ को आयोगका सदस्य सचिव थिए। आयोगले ३० अर्ब रुपैयाँ कर फर्छ्यौट गर्दै २१ अर्ब रुपैयाँ हाराहारी व्यवसायीलाई छुट दिएको थियो।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ