१६० प्रतिशत हकप्रद बिक्री गर्ने क्रममा रहेको प्राइम लाइफ इन्स्योरेन्स कम्पनी (PLIC
| Last Traded On | 02/06/2018 03:00:00 |
|---|---|
| 52 Weeks | 1,140.00 - 2,895.00 |
| 180 Days Avg. | 1,908.98 |
| 1 Year Yield | 19.64% |
| EPS | 29.35 (FY: 073-074, Q: 3) |
| P/E Ratio | 57.07 |
| % Dividend | |
| % Bonus | 25% (FY: 073-074) |
| Right Share | |
| Market Cap. | 10,220,850,000.00 |
) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा विगतको भन्दा केही आशा लाग्दो वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार वीमा शुल्क आर्जनका साथै बीमाकोषको आकार र नाफामा समेत बढोत्तरी आएको छ ।
कम्पनीले चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा ११ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१८ प्रतिशतले बढी हो । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले ३ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
कम्पनकोे यसअवधिमा बीमा शुल्क आर्जन समेत बढेछ । गतबर्षको पुष मसान्तसम्म ८४ करोड २४ लाख बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु बर्षको पुष मसान्तसम्म एक अर्ब २ करोड बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको खुद बीमा शुल्क आर्जैन मात्रै ९३ करोड ३५ लाख छ ।
कम्पनीले यसअवधिमा १५ करोड ५६ लाख दाबी भुक्तानी गरेको छ । गतबर्षको यसै अवधिमा १४ करोड १५ लाख दाबी भुक्तानी गरेको थियो । कम्पनीले यसअवधिमा ५१ वटा बीमा लेखको एक करोड ६ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।
चुक्ता पुँजी ६१ करोड रुपैयाँ भएको यस कम्पनीको जगेडाकोषमा ९ करोड ३४ लाख रुपैयाँ, जीवन बीमा कोषमा ५ अर्ब ५७ करोड तथा महाविपत्ती कोषमा ८२ करोड रुपैयाँ रहेको छ । कम्पनीले गतबर्षको यसैअवधिको तुलनामा जगेडाकोष, जीवन बीमा कोष र महाविपत्तीकोषको रकम उल्लेखीय रुपमा बढाएको छ ।
यसअवधिमा प्राइफको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७ट पैसा, मूल्य आम्दानी अनुपात ४५ रुपैयाँ ८२ पैसा, प्रतिसेयर नेटवर्थ २६६ रुपैयाँ ५६ पैसा तथा प्रतिशेयर कुल सम्पत्तीको मूल्य १३१४ रुपैयाँ छ ।
प्राइम लाइफले १६० प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति माग्दै गत कात्तिक २७ गते धितोपत्र बोर्डमा आवेदन दिएको छ । जीवन बिमा कम्पनीले बीमा समितिको निर्देशन अनुसार २ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने भएपछि प्राइमले हकप्रदको बाटो रोजेको हो ।
- मेरोलगानी
तपाईको प्रतिक्रिया