बुलिंगटार गाउँपालिकास्तरीय माटो जाँच शिविर २०७६ साल जेठ ११ गते बुलिंगटार नवलपुरमा सम्पन्न भएको छ । खेतीपाती गर्दा कुन खेतीलाई प्राथमिकता दिने र माटोको गुणस्तर मापन गरी किसानलाई माटो तथा रोगविज्ञबाट उचित सरसल्लाह दिने उद्देश्यले सो शिविर सञ्चालन गरिएको हो ।
बुलिंगटार गाउँपालिकाको अग्रसरता र बुलिंगटार कागत्ती कृषक समूहको सक्रियता एवं आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । शिविरलाई सहमति र लुथरन वल्र्ड रिलिफको साझेदारीमा सञ्चालित अमिलो जातका फलफूलहरुको बजार विकास परियोजना, नेपाल पोलिटेक्निक ईन्ष्टिच्यूट चितवन तथा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले प्राविधिक रुपमा सहयोग गरेका हुन् । शिविरमा साविक बुलिंगटारका विभिन्न टोलहरु, डाँडाझेरी, कोटथर तथा जौवारी लगायतका क्षेत्रबाट किसानहरु स्वयं उपस्थित भई माटो जाँच तथा सम्बन्धित विज्ञबाट उचित सल्लाह लिएका हुन् ।
कुल ३८ वटा माटोको नमूना परिक्षण गरिएको सो शिविरमा खासगरी माटोको नाईटोजन, फस्फोरस र पोटास९ल्एप्०को अवस्थासहित अम्लियपनाको नतिजा विष्लेषण हेरिएको हो । यसरी हेर्दा माटोको अम्लियपन Normal देखियो भने अन्य तत्व हुनुपर्ने मात्राको तुलनामा कम पाइएको थियो ।
ति आधारभूत खाद्य तत्वको कमी हुँदा सुन्तला जात फलफूल एवं अन्य बालीनालीबाट हुने उत्पादन र उत्पादकत्व घट्ने हुँदा किसानहरुलाई विज्ञबाट कम्तीमा १ वर्षसम्म राखिएको राम्रोसँग कुहाईएको गोठेमल सही किसिमबाट प्रयोगका लागि आवश्यक सल्लाह प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा माटो जाँचका साथै सुन्तलाजात फलफूलमा लागेका रोग र किराको Sample हरुसमेत कृषकहरुले ल्याएका थिए भने सम्बन्धित विज्ञबाट रोगकिरा व्यवस्थापनबारे किसानहरुलाई समाधानका उपायसहित जानकारी गराईएको थियो ।
कार्यक्रमलाई सुरुमा औपचारिक रुपले सुरुआत् गरिएको थियो । बुलिंगटार कागती कृषक समूहका अध्यक्ष हरि गौतमको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि बुलिंगटार गाउँपालिकाका उपाध्यक्ष मैना वि.क. रहेका थिए भने सहमति संस्थाका पूर्व अध्यक्ष एवं कार्यक्रम सल्लाहकार करुणासागर सुवेदी, नेपाल कृषि अनुसन्धान परिषद्, नार्कमा कार्यरत् वरिष्ट कृषि वैज्ञानिक एवं बालीरोग विशेषज्ञ डा.सुवास सुवेदी, माटोविज्ञ श्री संकेत कट्टेल, साविक बुलिंगटारका पूर्वअध्यक्ष एवं समाजसेवी पदमराज गिरी, वार्ड नं.१, २, ३ र ५ का वडाध्यक्ष क्रमशः दिलबहादुर सूर्यवंशी, प्रेम थापा,यम झेँडी र पूर्णसिंह खण्डलुक, साविक डाँडाझेरीका पूर्वअध्यक्ष गमबहादुर लुंगेली अतिथी एवं वक्ता रहेका थिए ।
कार्यक्रमको सुरुमा माटोको संरचना र माटो परिक्षणको बारेमा संकेत कट्टेल र डा.सुवास सुवेदीले सहजीकरण गरेका थिए भने सञ्चालन सहमति संस्थाका कृषि प्राविधिक विमला श्रेष्ठले गरेका थिए । शिविरसँगै विज्ञसहितको टिमले बुलिंगटारमा गाउँपालिका, सहमतिरलुथरन वल्र्ड रिलिफ र स्थानीय बुलिंगटार कागती कृषक समूहको संयुक्त प्रयासमा गरिएको कागतीखेती फिल्डको प्रत्यक्ष अवलोकन गर्नुृका साथै सुकमाया पाटा राईले गरेका सुनकागती–१ जातको कागतीको नर्सरी पनि भ्रमण गरी आवश्यक सल्लाह प्रदान गरेको थियो । यसैगरी यस्तो किसानमुखी एवं कृषक प्रत्यक्ष लाभान्वित हुने कार्यक्रमलाई निरन्तर रुपमा आगामी आर्थिक वर्षहरुमा अगाडि बढाउँदै लगिने कुरा बुलिंगटार गाउँपालिकाका अध्यक्ष शशिकिरण वस्ताकोटीले बताए ।
तपाईको प्रतिक्रिया