नेपाली अध्यागमनलाई बद्नाम गराउन अमेरिकी रिपोर्ट

फिचर

12/5/2019

काठमाडौं, १९ मंसिर । अमेरिकाले गत महिना सार्वजनिक गरेको एक प्रतिवेदनले ठूलो हंगामा भयो । नेपाल अन्तराष्ट्रिय अपराधीको हब भएको भन्दै रिपोर्ट सार्वजनिक गरिएको छ ।

आतंकवादी समूह इण्डियन मुजाहिद्दीनको स्वर्गभूमी भएको आरोपमा त्यसमा लगाइएको थियो । नेपालको अन्तराष्ट्रिय विमानस्थलमा यात्रुको रेकर्ड समेत नरहने भन्दै नेपाल असुरक्षित देशको रुपमा चत्रित गरियो ।

सो रिपोर्टले गृह मन्त्रालय तथा प्रहरीका अधिकारीलाई चकित बनायो । किनकीमा नेपालमा अहिलेसम्म विदेशी आतंकवादीको कुनै गतिविधि देखिएको छैन ।

केही भारतीय समूहका नेताहरु भने लुक्न आउने गरेका छन् । त्यस्ता समूहमा आबद्ध व्यक्ति पनि तीन वर्षदेखि कोही भेटिएका छैनन् । तर पनि अमेरिकाले किन नेपाल आतंकवादीको हब भनेर आरोप लगायो ?

यसभित्र भित्री रहस्य लुकेको गृह मन्त्रालया कर्मचारीहरु बताउँछन् ।अमेरिकाले पाइसेस नामक सफ्टवेयर जडानका लागि नेपाललाई पटक पटक दबाब दिदे आएको छ ।

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सरकारले सो सफ्टवेयर जडान गर्ने निर्णय समेत गरेको थियो । तर, केपी ओली सरकारले डाटाको सुरक्षाको कारण देखाउँदै जडान अस्वीकार गरेको थियो ।

तर, पनि अमेरिकाले दबाब दिदै आएको छ । सरकारले अप्रत्यक्ष रुपमा अस्वीकार गरेपछि नेपाली अध्यागमनलाई बद्नाम गराउन अमेरिकाले त्यस्तो रिपोर्ट सार्वजनिक गरेको गृह मन्त्रालयका कर्मचारीको दाबी छ । दृष्टि साप्ताहिकबाट

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ