नवलपरासी पश्चिममा बेसार खेती व्यवसायिक बन्दै

फिचर

9/16/2018

रबिन्द्र यादव, नवलपरासी (पश्चिम) । आजकल भारतीय सिमावर्ती क्षेत्रका महिलाहरु बिभिन्न समुहमा आवद्ध भएर आयमुलक कृयाकलापमा पनि समावेश हुदै गएका छन् ।

जुन कारणले गर्दा महिलाहरुको दिनचर्यामा पनि आयमुलक र सिपमुलक परीवर्तन हुदै गएको छ । आयमुलक कृयाकलाममा समावेश हुदा उनिहरुको जिवन स्तरमा पनि सुधार हुदै गएको छ ।

आयमुलक कृयाकलापमा समावेश हुने क्रममा प्रतापपुर गाउँपालिका वडा नं ५ र ६ का करिब २ सय बढि महिलाहरुले समुहगत रुपमा बेसार खेति गर्दै आएका छन । जसबाट यस भारतीय सिमा क्षेत्रका महिलाहरुको जिवन स्तरमा पनि सकारात्मक परीवर्तन आएको छ ।

उनिहरु आत्मनिर्भर बन्दै गएका छन् । उनिहरु आ(आफ्नो बाझो जग्गामा करीब ३ भन्दा बढि बिगाहा जमिनमा अहिले समुहगत रुपमा बेसार खेति गर्दै आईरहेका छन । आफ्नो जग्गामा लगाएको बेसार खेति बाट महिलाहरुको आर्थिक स्तर सुधारको लागि प्रभावकारी बन्दै गईरहेको छ ।

धान गहुँ उखु तोरी मसुरो जस्ता खेती नहुने बाझो जमिनको पनि सदुपयोग हुने र आयआर्जन पनि हुने भएकाले महिलालाई जिविकोपार्जनमा सहजता थपियोस भनेर बाझो (खाली) जमिनमा बेसार खेतिको लागि बिभिन्न समुहलाई वितरण गरीएको मेड नेपालका कार्यक्रम संयोजक शैलेश कुमार अचार्यले बताए ।

प्रत्येक एक जनाको एक कठ्ठा बराबर २० केजी बेसार बीउ वितरण गरिएको अचार्यले बताए । मेड नेपालले समुहमा रहेका २ सय ११ जना महिलालाई बेसार बीउ प्रदान गरेको साथै उनिहरुलाई चाहिने खेती कलेन्डर समेत पनि प्रदान गरिएको छ । हाल आआफ्नो जग्गामा १९ समुहले बेसार खेति गर्दै आईरहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ