पूर्व सैनिक शासक मुसर्रफलाई एउटा प्रान्तीय अदालतले मृत्युदण्डको निर्णय ग¥यो । त्यसो त हाल उनी युनाइटेड अरब इमिरेट्समा गम्भीर बिरामी भएर उपचार गराइरहेका छन् । कुनै बेला निर्वाचित प्रधानमन्त्री जुल्फिकर अलि भट्टोलाई सेनाले फाँसी दिएको थियो भने अहिले सिभिल अदालतको पूर्व सैनिक प्रशासकलाई मृत्युदण्ड सुनायो ।
यो निर्णयप्रति प्रधानमन्त्री इम्रान खाँनलाई पनि चित्त बुझेको छैन । कारण छ अहिले पनि पाकिस्तानी राजनीतिमा सेनाको पकड बलियो छ र आफ्ना पूर्व सेनापतिको मृत्युदण्डको निर्णयप्रति उसले विरोध जनाइसकेको छ ।
यसैले उग्ररुप लिँदै गयो भने पाकिस्तानमा फेरि पनि सैनिक शासन नहोला भन्न सकिँदैन । त्यसैले पनि इम्रान खाँनले अदालतको निर्णयप्रति आफ्नो असहमति देखाएका हुन् ।पूर्व सैनिक शासक मुसर्रफलाई एउटा प्रान्तीय अदालतले मृत्युदण्डको निर्णय ग¥यो ।
त्यसो त हाल उनी युनाइटेड अरब इमिरेट्समा गम्भीर बिरामी भएर उपचार गराइरहेका छन् । कुनै बेला निर्वाचित प्रधानमन्त्री जुल्फिकर अलि भट्टोलाई सेनाले फाँसी दिएको थियो भने अहिले सिभिल अदालतको पूर्व सैनिक प्रशासकलाई मृत्युदण्ड सुनायो ।
यो निर्णयप्रति प्रधानमन्त्री इम्रान खाँनलाई पनि चित्त बुझेको छैन । कारण छ अहिले पनि पाकिस्तानी राजनीतिमा सेनाको पकड बलियो छ र आफ्ना पूर्व सेनापतिको मृत्युदण्डको निर्णयप्रति उसले विरोध जनाइसकेको छ ।
यसैले उग्ररुप लिँदै गयो भने पाकिस्तानमा फेरि पनि सैनिक शासन नहोला भन्न सकिँदैन । त्यसैले पनि इम्रान खाँनले अदालतको निर्णयप्रति आफ्नो असहमति देखाएका हुन् ।त्यसो त पाकिस्तानमा जति पनि सैनिक शासक भए ती सबैले तानाशाही चरित्र देखाए ।
आयुव खाँनदेखि मुसर्रफसम्मको चरित्र एकै रह्यो । त्यसो भनेर कसैलाई मृत्युदण्ड दिहाल्ने कुरा प्रजातान्त्रिक मूल्य मान्यताभित्र पर्दैन । बल्ल बल्ल स्थायित्व लिन लाग्को निर्वाचत पद्धति र त्यसै अनुसार बनेको सरकारलाई नकरात्मक असर गर्ने खालका गतिविधि वा निर्णयले देशलाई अधोगतितर्फ लग्दछ ।
यसै त पाकिस्तानको अर्थतन्त्र निकै खस्किएको छ, परिणामस्वरुप विदेशबाट अझ खासगरी चीनबाट ठूलो मात्रामा ऋण लिएर आफ्नो अर्थतन्त्रलाई बलजफ्ती धानेको छ । यस्तो अवस्थामा देशभित्र एक अर्काप्रति असन्तोष पैदा गर्ने गतिविधिले अर्थतन्त्रलाई आह्रालोतिर लैजान्छ । पाकिस्तान अन्तर्राष्ट्रिय समुदायबाट पनि टाढा हुँदै गएको लक्ष्यण देखापरेको छ ।
कस्मिरबारे भारतले गरेको निर्णयमा चित्त बुझेर पाकिस्तानले तीब्र विरोध गर्दै आएको छ । आफ्नो मित्रदेशलाई मद्दत पु¥याउने उद्देश्यले संयुक्त राष्ट्र सुरक्षा परिषद्मा कस्मिर घट्नाको विरोधमा चीनले विरोध प्रस्ताव टेबुल ग¥यो । भिटो अधिकार भएको एउटा मुलुकले प्रस्ताव राख्यो, त्यस्तो प्रस्तावमा भिटो अधिकार भएका पाँच–अमेरिका, रुस, बेलायत, फ्रान्स र चीन मध्य कुनै एउटाले विरोध गरे त्यस्तो प्रस्ताव अगाडि बढ्दैन ।
चीनले राखेको कस्मिर विषयको प्रस्तावमा ४ वटा भिटो राष्ट्रले असहमति जनाएपछि चीनले आफ्नो प्रस्ताव फिर्ता लिन बाध्य भई एक कदम पछि हटेको छ ।यदि चीनले प्रस्तुत गरेको कास्मिरसम्बन्धी प्रस्ताव छलफलमा मात्र गएको भएपनि अन्चर्राष्ट्रिय जगतमा भारत विरोधी प्रभाव पर्न सक्दथ्यो तर चीनले छलफलमा जानुअघि नै प्रस्ताव फिर्ता लिएको परिणाम स्वरुप पाकिस्तानको पक्षमा कोही रहेनछन् भन्ने देखाएको छ ।
मुसर्रफ मृत्युदण्ड सम्बन्धी निर्णय होस् कि अर्थतन्त्रमा आएको गिरावट होस् कि चीनको कास्मिरसम्बन्धी प्रस्ताव फिर्ता लिने कुराले होस्–पाकिस्तानका लागि नकरात्मक परिणाम ल्याउने लक्षण देखाएको छ । त्यसैले पाकिस्तानले नयाँ सोचाइसहित आफूलाई परिमार्जन गरेन भने थप संकटको सम्भावना छ, मित्र देश संकटमा नपरोस् भन्ने नेपालको चाहना हो । –जनभावना साप्ताहिकबाट
तपाईको प्रतिक्रिया