नेपालगन्ज, १३ असोज । प्रहरी हिरासतमा मृत्यु भएका स्व. राम मनोहर यादवलाई न्याय दिलाउना शान्तिपूर्ण धरनामा बसेको राम मनोहर यादवका परिवार र आफन्तहरुमाथी प्रहरी प्रशासनले दमन गरेको छ ।
प्रहरीको दमनमा परि जानकी गाउँपालिका कपासी गाउँको दिपक कुमार पासी र त्यही ठाउँको हेमराज धोवी घाइते भएका छन् । अन्यहरुको अवस्था पनि ठिक छैन । घाईतेहरुको उपचार भेरी अंचल अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।
जिल्ला प्रशासन बाँके अगाडी शुक्रबार दिउसों १२ बजेदेखि धरना कार्यक्रम थियो । सुरुमा प्रहरीले विभिन्न मागसहित मृतक राम मनोहरको तस्बिर अंकित ब्यानर, श्रद्धाञ्जलीका लागि राखिएको धुम, अविर समेत प्रहरीले उठाएर लगेको थियो ।
पछि पुनः धरना बसिने कार्यक्रम नरुकेपछि राती ९ बजे तिर शान्तिपूर्वक बसेका मानिसहरुमाथी बुट र भाईट प्रहार गरि मानिसहरुलाई घाइते पारेको थियो ।
प्रहरीको दमनको फोटो र भिडियो खिचीरहेको राजितराम वर्माको जे सेभेन मोवाईल प्रहरीले विभिन्न गालीगलोज गर्दै खोसेका थियो । भागमभाग र झडपमा परि विष्णुप्रसाद यादवको नगद ५ हजार रुपैयाँ, एउटा ज्ञापनपत्र, एउटा फोटो सहितको पर्स गायब भएको छ ।
शान्तिपूर्ण धरनामा भएको प्रहरी दमनको स्वतन्त्र मधेश गठबन्धनले भर्त्सना गरेको छ भने न्यायका लागि मानवअधिकारवादी तथा सरोकारवाला पक्षसँग आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया