नवलपरासी जिल्ला विपद व्यवस्थापनलाई भारत सरकारको राहत हस्तान्तरण

समाचार

नवलपरासी, २ असोज । भारत सरकारद्वारा प्राप्त राहत सामग्री नवलपरासी जिल्ला विपद व्यवस्थापन समितीलाई हस्तान्तरण गरिएको छ । 

शनिबार आयोजित एक कार्यक्रमको बिच नेपाल भारत महिला मैत्री समाजकि अध्यक्ष चन्दा चौधरीको हातबाट राहत सामग्री हस्तान्तरण गरिएको हो । 

भारत सरकारले प्रदान गरेको राहत जिल्लामा बाढी पहिरो चपेटामा परेका पीडितलाई सहयोग हेतु महिला मैत्री समाजले हस्तान्तरण गरेको हो । 

करिव ९० परिवारलाई  पुग्ने अस्थायी टेन्ट लगायतका सामग्री नवलपरासी जिल्ला प्रशासन प्रमुख धर्मेन्द्र मिश्र मार्फत  जिल्ला बिपद ब्यबस्थापन समितीलाई महिला मैत्री समाजकि अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी सांसद चौधरिले हस्तान्तरण गरेकी  हुन । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी सासंद चन्दा चौधरीले राहत बितरणमा राजनिती गर्न नहुने भन्दै सेवा भावले जात धर्म समुदाय भन्दा माथी उठेर पिडामा परेकालाई आफ्नो प्रयासमा भारत सरकारले सहयोग गरेको बताइन । पीडितको कुनै जात धर्म हुँदैन, मानबिय हिसावले सेवा गर्नुपर्छ, उनले भने । 

अगामी दिनमा अझै आफनो बलबुता र प्रयासले भ्याए सम्म थप आबश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन । 

नवलपरासी जिल्लाका सिडियो धर्मेन्द्र मिश्रले राहत सामग्री सहयोगका लागि भारत सरकार र मैत्री समाजलाई संयोजनका लागि धन्यवाद दिदै बास्तबिक पिडिटको हातमा राहत पुरयाउने प्रतिबद्धता ब्यक्त गरे । 

नवलपरासी जिल्ला यो बर्ष सबैभन्दा बढी बाढी पहिरोको चपेटामा परेको भन्दै राहत बितरणमा सबै पक्षलाई सहयोग गर्न आह्वान समेत गरे । पछिल्लो बाढी पहिरो पीडितको बास्तबिक तथ्यांक यकिन गर्न नसकेको भन्दै सबैतिर राहत बितरण गर्न नसकेको चिन्ता समेत उनले ब्यक्त गरे । 

संस्थाले राहत स्वरुप टेण्ट, त्रीपाल, प्लास्टिकको गुन्द्री लगायत सामग्री करिव ९० परिवारलाई पुग्ने गरि प्रदान गरेको संस्थाकि अध्यक्ष चौधरीले जानकारी गराइन । 

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापती, स्थानीय राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख, नागरिक समाज, प्रत्रकार संगै जिल्ला सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ