महिला मैत्री समाजद्वारा तिलाठी कोइलाडीका बाढीपीडितलाई राहत हस्तान्तरण 

समाचार

सप्तरी, १० असोज । नेपाल–भारत महिला मैत्री समाजले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका बाढीपहिरो पीडित परिवारका लागि राहत सामग्री हस्तान्तरण गरेको छ ।

आइतबार राजविराजमा आयोजित एक कार्यक्रमका बीच भारत सरकारबाट प्राप्त सहयोग मैत्री समाजले करिव एक सय पीडित घरपरिवारलाई पुग्ने राहत सामग्री हस्तान्तरण गरिएको हो । 

सप्तरी जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला प्रशासन प्रमुख जनार्दन गौतमलाई महिला मैत्री समाजकी अध्यक्ष तथा संघीय सांसद चन्दा चौधरीले करिव ४२ लाख बराबरको राहत सामग्री पीडित परिवारलाई हस्तान्तरण गरेकी हुन् । 

कार्यक्रमलाई संबोधन गर्दै सांसद चौधरीले राहत वास्तविक पीडित समक्ष पुग्नु पर्ने आग्रह गरिन् । 

त्यस्तै, जिल्ला प्रशासन प्रमुख जनार्दन गौतमले सहयोगका लागि भारत सरकार र महिला मैत्री समाजलाई धन्यवाद व्यक्त गरेका छन् ।

कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

सो अवसरमा पीडितहरुको अस्थायी बसोबासका लागि ठूलो  टेन्ट–३० वटा, सानो टेन्ट–५५ वटा, मझौला टेन्ट–२५ वटा र प्लाष्टिकको गुन्द्री–२०० वटा लागयतको सामग्री रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ