महोत्तरीका बाढीपीडितलाई राहत वितरण

समाचार

महोत्तरी, १२ असोज । नेपाल–भारत महिला मैत्री समाजले जिल्लाका बाढीपहिरो पीडित विभिन्न पाँच स्थानीय तहमा राहत वितरण गरेको छ ।

भारत सरकारबाट प्राप्त सहयोग नेपाल–भारत महिला मैत्री समाजले एक कार्यक्रमकाबीच उक्त स्थानीय तहका करिव १२० बाढीपहिरो पीडित घर परिवारलाई राहत बितरण गरिएको हो । 

मटिहानी, बलबा, जलेश्वर,एकदाढा र लोहपट्टि लगायत स्थानीय तहका पीडितहरुलाई स्थानीय प्रतिनिधिको उपस्थितिमा राहत बितरण गरिएको थियो ।

त्यस्तै बिपद ब्यबस्थापनमा खटिने सुरक्षा निकायका लागि २० थान टेन्ट जिल्ला प्रशासन प्रमुखलाई हस्तान्तरण गरेका थिए ।

करिव ५० लाख मुल्य बराबरको अस्थायी बसोबासका लागि सामग्री रहेको सांसद चौधरीले बताइन । राहत पीडित परिवारसम्म पुग्ने उनले बिश्वास ब्यक्त गरिन् । 

नेपाली जनताको दुखमा जहिले पनि भारत सरकार सहयोग गर्दै आइरहेको स्मरण गर्दै अहिले पनि सहयोग गरेको बताउदै  उनले धन्यवाद ब्यक्त गरिन् । 

महोत्तरी जिल्ला बिपद ब्यबस्थापन समितीका अध्यक्ष तथा जिल्ला प्रशासन प्रमुख तिर्थराज भट्टराईले बाढी पहिरो तथा आगलागीबाट घरबार बिहिनका लागि अस्थायी टेन्ट लगायतका सामग्री सहयोग गरेकोमा महिला मैत्री समाज र भारत सरकारलाई धन्यवाद व्यक्त गरे । 

कार्यक्रममा प्रदेश २ सांसद, जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो । 
सो अबसरमा पीडितहरुको अस्थायी बसोबासका लागि ठूलो  टेन्ट–६६ वटा, सानो टेन्ट–४० वटा, मझौला टेन्ट–१५ वटा, त्रीपाल– १०० थान र प्लाष्टिकको गुन्द्री–२०० थान लागयतको सामग्री रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ