मटिहानी नगरपालिकाले किन्यो बारुणयन्त्र

समाचार

महोत्तरी, ३० असार । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले बारुणयन्त्र खरीद गरेको छ ।

बारुणयन्त्र मटिहानी आईपुग्दा स्थानीयहरु खुशी भएका छन् । पालिकामा बारुणयन्त्र नहुँदा आगलागी लगायतका घटनाहरुमा विपत्ती पर्दा बाहिरबाट ल्याउनु पर्ने बाध्यता थियो ।

मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डल दोस्रो पटक निर्वाचित भएपछि पहिलो निर्णय वारुणयन्त्र किन्ने गरेका थिए ।

बारुणयन्त्रमा करिब ४० हजार ५ सय लिटर पानी अट्ने क्षमता रहेको कुरा पालिकाको इन्जीनियर विमलेश साहले बताए ।

यसैबीच वारुणयन्त्रको बिधिबत पुजा आर्चना गरी नगर प्रमुख मण्डलले धार्मिक विधिपूर्वक पूजा गरी उद्घाटन गरेका हुन् ।

सो अवसरमा उनले चाँडै नै बारुण यन्त्रको व्यवस्थापन गरी सञ्चालनमा ल्याउने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ