काठमाडौं, ३० असार । नेपाल सरकारले ६ देशको लागि राजदूत सिफारिस गरेको छ । जसमा एक जना पनि मधेशी परेका छैनन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ६ देशका लागि राजदूत सिफारिस गरेको हो ।
राजदूतको लागि सिफारिसमा परेका सबै परराष्ट्र मन्त्रालयका सहसचिव रहेका छन् ।
अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको लागि नेपाली स्थायी नियोगमा लोकबहादुर थापा, युनाइटेड अरब इमिरेट्सको लागि तेजबहादुर क्षेत्री, कुवेतको लागि घनश्याम लम्साल, थाइल्यान्डको लागि धनबहादुर ओली, फ्रान्सका लागि सुधिर भट्टराई र जेनेभास्थित स्थायी नियोगको लागि रामप्रसाद सुवेदीको नाम राजदूतमा सिफारिस गरिएको छ ।
तपाईको प्रतिक्रिया