कमल राज पौडेल देव कमल, बर्दिया, ३१ असार । डिभिजन वन कार्यालय बर्दियाले जिल्लामा मानव र वन्यजन्तु बिचको द्वन्द व्यवस्थापनका लागि जाल, तार र इलेक्ट्रिक बार समेतको कार्यक्रम शुरु गरेको छ ।
डिभिजन वन कार्यालय गुलरिया बर्दियाले आर्थिक बर्ष २०७९/०८० मा संचालित कार्यक्रमहरुको सरोकारवालाहरुबाट अनुगमन गराउँदा मधुवन नगरपालिका वडा न. २ रजवारामा गरिएको ६ सय मिटर GI Mesh wire (जाल, तार) र इलेक्ट्रिक बार देखाएको हो ।
सोही समयमा जिल्ला समन्वय समिति बर्दियाका अध्यक्ष सुर्य बहादुर विष्टले स्वीच अन गरेर उद्धघाटन गरेका थिए ।

अनुगमनका क्रममा डिभिजन वन कार्यालय स्थित लुम्बिनी प्रदेशकै उत्कृष्ट नर्सरीमा उत्पादित बिरुवाहरु, अतिक्रमण नियन्त्रण व्यवस्थापन अन्तर्गत मधुवन नपा– २ रजवारा स्थित फर्दङ्गा सामुदायिक वनको १.५८ हेक्टर क्षेत्रमा गरिएको बृक्षारोपण, हात्तीबाट बढी प्रभावित मधुवन नपा – १ छोटकी टंडुवा स्थित ओराही सामुदायिक वनमा निर्मित मचान, मानव– वन्यजन्तु द्वन्द व्यवस्थापन अन्तर्गत मधुवन नपा – टंडुवामा गरिएको ९ सय मिटर न्क्ष् ःभकज धष्चभ भ्भिअतचष्अ ाभलअभ , मधुवन नपा – १ छोटकी टंडुवामा गरिएको सोलार सडक बत्ती जडान तथा बाँस रोपण र मधुवन नपा–३ स्थित बालकुमारी सामुदायिक वनमा निर्मित पोखरी निरीक्षण अबलोकन गराउदै आफू र आफ्नो टिमले डिभिजन वन कार्यलय बर्दियाको क्षेत्राधिकार भित्र वन क्षेत्रको संरक्षण र बिस्तारका साथै मानव–वन्यजन्तु द्वन्द व्यवस्थापनमा दिगो कार्यको सुरुवात गरेको डिभिजन वन कार्यलय गुलरिया बर्दियाका प्रमुख वन अधिकृत प्रविन विडारीले बताए ।
आर्थिक बर्ष २०७०/०७१ देखि आर्थिक बर्ष २०७९/०८० सम्म डिभिजन वन कार्यलय बर्दियाको क्षेत्राधिकार भित्र वन्यजन्तुबाट मानवीय क्षति १६ जना, घाइते ४३ जना, पशुधन क्षति २ सय ८१ वटा, घरगोठ क्षति ४२ वटा र अन्नबाली क्षति ३ सय ५९ घरधुरी लाई क्षति र राहत नेपाल सरकारको नियम अनुसार नगद दिएको डिभिजन वन कार्यलय गुलरिया बर्दियाका सहायक वन अधिकृत तथा सुचना अधिकारी द्रोणराज शर्माले जानकारी गराए ।

विभिन्न राजनीतिक दलका प्रतिनिधि, बर्दियाका प्रमुख जिल्ला अधिकारी , सहायक जिल्ला अधिकारी, वन संग संबंधित संघ संस्थाका प्रतिनिधि र आम संचारकर्मीहरु सहितको टिमले डिभिजन वन कार्यलय बर्दिया बाट आर्थिक बर्ष २०७९/०८० मा संचालित क्रियाकलापहरुको अनुगमन गरेका थिए ।

तपाईको प्रतिक्रिया