नेपालको लागि नेपालीको मधेश प्रदेश समिति गठन

समाचार

जनकपुरधाम, ३१ असार । नेपालको लागि नेपाली पार्टी मधेश प्रदेश समिति गठन भएको छ ।

रामानन्द चौकमा रहेको होटल सिटी प्यालेसमा प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाले शत्रुधन प्रसाद साहको अध्यक्षता २१ सदस्यीय समिति गठन भएको हो ।

गठित समीतिको प्रदेश उपाध्यक्षमा गौरीशंकर साह, मुना गुप्ता, सचिवमा रामअशीष पासवान, सह सचिव श्रीगणेश शर्मा, रामप्रसाद कुर्मी, कोषाध्यक्ष पारस दुबेदी र प्रबक्ता महेन्द्र मण्डल रहेका छन् ।

यसैगरी, कार्य समिति सदस्यहरु विजय यादव, चन्दन गुप्ता, उमेश यादव, संतोष साह, शिवानंद साह, बिनोद यादव, सुरेश साह कानू, उषा कुमारी यादव, विभा साह, रामस्वरूप साह, दिनेश महासेठसहित रहेका छन् ।

पार्टीका सर्वोच्च नेता सुशील चन्द्र अधिकारीको प्रमुख आतिथ्यमा र केन्द्रीय अध्यक्ष सन्तोषानन्द महाराजको विशिष्ठ आतिथ्यमा सम्पन भएको थियो ।

कार्यक्रममा पार्टीका महामन्त्री दीपक महाराज आत्रेय, केन्द्रीय सदस्यहरु अधिवक्ता बिनोद कुर्मी, राजकुमार साह, बैजनाथ साह, बंशराज साह, पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी, धनुषा जिल्ला अध्यक्ष दीपनारायण साह, महोतरी जिल्ला अध्यक्ष उग्रानन्द झा, सरलाही जिल्ला अध्यक्ष बिरबहादुर तामाङ, रौतहट जिल्ला अध्यक्ष जयलाल साह लगातकाले सम्बोधन गरेका थीए ।

केन्द्रीय सदस्य श्रावण आचार्यले सहजीकरण र केन्द्रीय सदस्य बिरबहादुर तामाङले स्वागत मन्तव्य व्यक्त गरेका थीए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ