डा.अहिराजद्वारा गणतन्त्रवादी नेता मायालुको स्वास्थ्य लाभको कामना

समाचार

काठमाडौं, ३१ असार । क्यान्सर रोगको उपचारका लागि अस्पतालको शय्यामा रहेका गणतन्त्रवादी नेता खेमराज भट्ट मायालुसँग मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले भेट गरेका छन् ।

वीर अस्पतालमा उपचाररत् रहेका गणतन्त्रवादी नेता मायालुसँग आइतबार डा.अहिराजले स्वास्थ्य अवस्था बुझ्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

भेटको क्रममा गणतन्त्रवादी नेता मायालुले देशको वर्तमान अवस्थाबारे चर्चा गरेका थिए । उनले जनता अब जागरुक हुनुपर्ने धारणा राखेका थिए । देशको दूरावस्थाप्रति उनले चिन्तासमेत व्यक्त गरेका थिए ।

उनले नेपालमा गणतन्त्र आइसके पनि वर्तमान राजनीतिक दलका नेताहरुका कारण जनताले सही अर्थमा गणतन्त्रको अनुभूति गर्न नपाएको गुनासो गरेका थिए ।

२०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएर केही समय सामान्य प्रशासन मन्त्रीसमेत बनेका मायालु गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन् ।

रामराजा प्रसाद सिंह नेतृत्त्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम बिष्फोट गराएको थियो । मायालु त्यतिबेला जनवादी मोर्चाको उपाध्यक्ष थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ