कमल राज पौडेल देवकमल, बर्दिया, १ साउन । वन प्रबर्द्धन र वाताबरण संरक्षणका लागि बिरुवा वितरण सुरु भएको छ ।
प्रत्येक बर्षझै यो बर्ष साउन १ गतेदेखि वन प्रबर्द्धन र वातावरण संरक्षण गर्ने उदेश्य राखेर डिभिजन वन कार्यलय गुलरिया बर्दियाले बिरुवा वितरण सुरु गरेको हो ।
वितरण गरिएका सबै बिरुवा डिभिजन वन कार्यलय हाताभित्र रहेको लुम्बिनी प्रदेशकै उत्कृष्ट नर्सरीमा उत्पादन भएका बिरुवा हुन् ।

प्रत्येक बर्ष जस्तै यो बर्ष सामुदायिक वन, पारिवारिक निजि वन, संघ संस्था र व्यक्तिहरुलाई १७ प्रजातिको २ लाख २० हजार बिरुवा वितरण गरिने र बिरुवा उत्पादन र वितरण कार्यक्रमका लागि आर्थिक बर्ष २०७९÷०८० मा ३१ लाख बजेट विनियोजन गरिए कुरा डिभिजन वन कार्यलयका सहाय वन अधिकृत टंक गुरुङले जानकारी दिए ।


तपाईको प्रतिक्रिया