बाँके, २ साउन । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार दिउँसो पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ बस्ने ४१ वर्षीय प्रमोद बस्नेत र सोही नगरपालिका–८ बस्ने २४ वर्षीय प्रतिक शाही रहेका छन् ।
ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ प३३८७ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया