राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीलाई शिक्षा राज्यमन्त्रीको निर्देशन

समाचार

काठमाडौं, २ साउन । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी यादवले राष्ट्रिय परीक्षा बोर्डको नतिजाले आम नागरिकमा विश्वास र वैधता भएको कायम राख्न निर्देशन दिएकी छन् ।

राष्ट्रिय परीक्षा बोर्डको अनुगमन तथा ब्रिफिङ कार्यक्रमको सम्बोधन गर्ने क्रममा राज्यमन्त्री यादवले बोर्डमा कार्यरत कर्मचारीलाई मनोबल उच्च राखी सेवाग्राहीलाई छिटो छरितो सेवा दिनको लागि निर्देशन दिएकी हुन् ।

कार्यक्रममा वोर्डका अध्यक्ष महाश्रम शर्माले राज्यमन्त्री यादवलाई स्वागत तथा सम्मान गरेका थिए । अध्यक्ष शर्माले राज्यमन्त्री यादवलाई बोर्डको अवलोकन तथा अनुगमन गराएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ