काठमाडौं, ४ साउन । अनुशासनहीनता प्रदर्शन गर्दै पार्टी र नेतृत्वविरुद्ध लागेको भन्दै शिवचन्द्र कुशवाहालाई जनमत पार्टीले कारबाही गरेको छ ।
बुधबार जनमत पार्टीको केन्द्रीय सम्पर्क कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले कुशवाहासहित पाँच जनालाईा अनुशासनको कारबाही गरेको हो ।
कारबाहीमा पर्नेहरुमा कुशवाहालाई पार्टीको साधारण सदस्यसमेत नरहने, सप्तरीका गुलाब मण्डल, शंकर खडका र कपिलवस्तुका भगवान दास यादवलाई एक वर्षका लागि निलम्बर गरेको र रुपन्देहीका भोपेन्द्र यादवलाई ३ महिनाका लागि निलम्बन गरेको जनाइएको छ ।
अनुशासन समितिका प्रमुख ई.दीपक साहका अनुसार कारबाहीमा परेकाहरुले सुधार देखाउने वा नदेखाउने व्यवहारअनुसार कारबाही फुकुवा वा थप कारबाही हुनेछ ।
उपनिर्वाचनका बेला कुशवाहा जनमत पार्टी प्रवेश गर्दै चुनाव लडेका थिए । उनलाई जनमत पार्टीले उम्मेद्वार बनाएको थियो ।
उपनिर्वाचनमा शिवचन्द्र कुशवाहा जसपाका अध्यक्ष उपेन्द्र यादवबाट ५ हजार ८१ मतान्तरले पराजित भएका थिए ।
तपाईको प्रतिक्रिया