न्याय प्रणाली निष्पक्ष र स्वतन्त्र बनाइनुपर्छ : अध्यक्ष यादव

समाचार

काठमाडौं, ५ साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको न्याय प्रणाली निष्पक्ष र स्वतन्त्र बनाइनुपर्नेमा जोड दिएका छन् ।

जसपानिकट संघीय कानून व्यवसायी संघको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।

उनले नेपालको राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्वपूर्ण रहेको समेत बताए ।

उनले नेपाल मात्रै नभई संसारभर ठूला–ठूला परिवर्तनमा कानुन व्यवसायीको नेतृत्वदायी भूमिका रहेको उल्लेख गरे ।

उहाँले सङ्घीयताको वास्तविक कार्यान्वयनका लागि संविधान संशोधन आवश्यक भएको दाबी समेत गरे । पार्टीलाई विधि र बौद्धिक दिशा दिनेतर्फ लैजान सङ्घले भूमिका खेल्नुपर्ने भन्दै अध्यक्ष यादवले न्यायालय समावेशी हुनुपर्ने माग गरे ।

सङ्घका अध्यक्ष दीपक राईले कानुन व्यवसायीको हकहितको साथै स्वतन्त्र र पारदर्शी न्यायालयको पक्षमा खबरदारी गर्न संस्थाले भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ