कपिलवस्तु, ६ साउन । मायादेबी गाउँपालिका–४ सानो गौराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार दिउँसो पक्राउ पर्नेहरूमा रूपन्देही शुद्धोधन गाउँपालिका–१ परौतामाटा बस्ने २१ वर्षीय सन्दिप हरिजन र रूपन्देही शुद्धोधन गाउँपालिका–१ परौतामाटा बस्ने २३ वर्षीय देब चौधरी रहेका छन् ।
प्रहरी चौकी तुलसीपुर बलुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु.७० प ८०७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया