नहरमा डुबेर बालिकाको मृत्यु

समाचार

रौतहट, ६ साउन । चन्द्रपुर नगरपालिका–१० बडेर्वास्थित बाग्मती सिचाई आयोजनाको नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

भारत सितामडि नन्दबारा बस्ने शंकर साहको छोरी ७ वर्षीया शिवानी कुमारी साहको शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

नहरमा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चपुर र ईलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ