बर्दियामा ५ सय भन्दा अधिक गाई भैसीमा लम्पी स्कीन रोग देखापर्यो

समाचार

कमल राज पौडेल देवकमल, बर्दिया, ६ साउन । बर्दिया जिल्लामा ५ सय भन्दा अधिक गाई भैसीमा लम्पी स्कीन सरुवा रोग देखा परेको छ ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाको आयोजनामा बढैयाताल गाउँपालिका वडा – ३ स्थित नकाह कृषि सहकारी संस्थाको समन्वयमा लम्पी स्कीन रोग विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा एकीकृत कृषि तथा पशु पन्छी विकास कार्यलय गुलरिया बर्दियाका कार्यलय प्रमुख सागर ढकालले यसको जानकारी दिएका छन् ।

प्रमुख ढकाल भन्छन्, ‘लम्पी स्कीन रोग नेपालमा पहिलो पटक २०७७ सालमा देखा परेको हो । बर्दिया जिल्ला भित्रका गाई भैसीमा पनि यो रोग देखा पर्नुका साथै १० वटा भन्दा अधिक यही रोगका कारण मरेका पनि छन् । त्यसैले यसबाट हुने क्षति बिस्तारै बढ्दै गरिरहेको छ ।’

यो घटनालाई मध्य नजर गरेर लुम्बिनी प्रदेश सरकारले लम्पी स्कीन रोग विरुद्धजो खोप अभियान कार्यक्रम बर्दियामा संचालन गरेको छ । सोही कार्यक्रम अन्तरगत आज एकीकृत कृषि तथा पशु पन्छी विकास कार्यलय बर्दियाले भ्याक्सिनेसन कार्यक्रम सुरु गरेको छ ।

यो भ्याक्सिनेसन कार्यक्रमले लम्पी स्कीन रोग फैलिन नदिने र पशुधन क्षति कम हुने हुँदा संघीय, प्रदेश र स्थानीय सरकारले यो रोग व्यवस्थापनका लागि सहकार्य गर्दै जिल्लामा भ्याक्सिनको डोज संख्या बढाउनु पर्छ ।

‘हाल बर्दियाको लागि २ हजार डोज खोप आएको छ । जुन जुन ठाउँमा यो रोग देखा परेको छ त्यो ठाउँलाई पहिलो प्राथमिकता दिने छौ बाकी ठाउँमा क्रमश पुग्ने छौं’ उनले भने । यो रोग लाग्यो भन्दैमा कृषकहरु आत्तिनु पर्दैन यो रोग निको हुन्छ उनले कृषकहरुलाई न आत्तिन आग्रह गरे ।

संघीय र प्रदेश सरकारले प्राप्त मात्रामा लम्पी स्कीन रोग विरुद्धको खोप नपठाए आफुले गाउँ कार्यपालिकाबाट निर्णय गराएर खरिद गरि पालिका भित्रका ४ हजार गाई भैसीलाई निःशुल्क खोप लगाउने उक्त शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमाल त्रिपाठी बताए ।

गर्मीयाम सुरु भएलगतै देशभरी लम्पी स्कीन रोगको प्रकोप फैलिएको छ । यो रोग झिका भुसुना लामखुट्टे किर्नाको टोकाईबाट सर्ने संक्रामण रोग हो । यो रोग लागेका गाई भैसीको छालामा साह्रो गिर्खा देखिने र उच्च ज्वरो आउने गर्छ ।

रोगी गाई भैसीको दुध उत्पादन घटछ रोगको लक्ष्ण देखिने बितिकै नजिकको पशु सेवा शाखामा सम्पर्क गर्न कृषकहरुलाई एकीकृत कृषि तथा पशु पन्छी विकास कार्यलयका गुलरिया बर्दियाका पधु चिकित्सक अनिल शर्माले अनुरोध गरेका छन् ।

 
  
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ