लागूऔषधसहित चार जना पक्राउ

समाचार

मोरङ, ७ साउन । मोरङ जिल्लाबाट विभिन्न लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग बस्ने २२ वर्षीय भागमान राई, सोही नगरपालिका–११ बस्ने २७ वर्षीय रोशन कार्की, सोही ठाउँ बस्ने २२ वर्षीय दिपेश घतानी र लेटाङ नगरपालिका–५ बस्ने २२ वर्षीया झरना श्रेष्ठलाई नियन्त्रतित लागूऔषध ट्रमाडोल ४ सय २० चक्की, स्पास्पेन ३ सय ९० चक्कीसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

राईको घरमा लागूऔषध बेचबिखन गर्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डाँटीहबाटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ