जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

समाचार

सप्तरी, ७ साउन । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा शम्भुनाथ नगरपालिका–५ मोहनपुर बस्ने २५ वर्षीय शिव कुमार सदा, ४० वर्षीय उमेश सदा र ३२ वर्षीय श्री नारायण सदा रहेका छन् ।

उनीहरू समेतका ५ जनाले सोही नगरपालिका–५ स्थित नर्सरीमा ती महिलालाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

साथै घटनमा संलग्न हाल फरार अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ