काठमाडौं, ७ साउन । नेकपा माओवादी केन्द्रका पाँच सदस्यीय नेताको टोली भारत प्रस्थान गरेको छ ।
भारतको सत्तारूढ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा पम्फा भुसाल नेतृत्वमा माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्य रामेश्वर राय यादव र सुरेशकुमार राईको टोली छ दिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको हो ।
दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष भुसालले भ्रमण दुई पार्टीबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित हुने जानकारी दिइन् ।
उनका अनुसार छदिने भ्रमणमा भाजपाको केन्द्रीय नेतृत्वसँग अन्तर्क्रिरया र छलफल गर्ने कार्यक्रम छ ।
तपाईको प्रतिक्रिया