रुपन्देही, ८ साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान गराउने बताएका छन् ।
सोमबार बुटवलमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
नयाँ मौद्रिक नीतिले ब्याजदरमा केही कम गराएकाले अब निजी क्षेत्रमा लगानी बढेर जाने र अर्थतन्त्र चलायमान हुने बताए ।
मौद्रिक नीतिले ब्याजदर कम भए पछि लगानी बढ्ने दाबी गर्दै उनले यसले गर्दा सुस्ताएको अर्थतन्त्र अब चलायमान हुने दाबी गरेका छन् ।
उनले ब्याजदर कम भएपछि लगानी बढ्ने र रोजगारीमा पनि वृद्धि हुने बताए ।
तपाईको प्रतिक्रिया