काठमाडौं, ८ साउन । ‘मिशन २०८४’ मा लागेको डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्ना प्रतिनिधिसभा र प्रदेश सभाका सांसदहरूलाई प्रशिक्षित गरिरहेको छ ।
आइतबारदेखि काभ्रेपलाञ्चोकका धुलिखेलमा सुरु भएको दुईदिने प्रशिक्षण कार्यक्रम आज सोमबार सकिँदैछ । सो प्रशिक्षण ‘मिसन २०८४’ कै तयारी स्वरुप भइरहेको जनमतका प्रवक्ता डा.शरदसिंह यादवले बताएका छन् ।
मिशन २०८४ लाई मध्यनजर गर्दै जनमत पार्टीले देशैभर विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
धुलिखेलमा भइरहेको प्रशिक्षणमा प्रतिनिधिसभाका ६ र प्रदेशका १५ जना सांसद सहभागी रहेको प्रवक्ता डा.यादवले बताए ।




तपाईको प्रतिक्रिया