कैलाली, ९ साउन । टीकापुर नगरपालिका–२ राजिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन ९० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार साँझ पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय सियाराम चौधरी र सोही नगरपालिका–२ बिजयनगर बस्ने २१ वर्षीय सुरेश चौधरी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया