रौतहट, ९ साउन । मौलापुर नगरपालिका–५ क्याम्पस चोकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मधेश प्रदेश ०३–०२८ प ४३२६ नम्बरको मोटरसाइकल र ना.६५ प ४१७५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना भएको थियो ।
दुर्घटनामा ना.६५ प ४१७५ नम्बरको मोटरसाइकल चालक पर्सा सखुवापर्सौनि गाउँपालिका–१ घर भएका ३५ वर्षीय सुनिल कुमार पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मौलापुरस्थित स्थानीय मेडिकल हुँदै बयोधा अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको राज लक्ष्मी अस्पताल कलैयामा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया