मधेश प्रदेशमा पर्यटनको प्रचूर सम्भावना : पूर्वमन्त्री भट्टराई

समाचार

महोत्तरी, ९ साउन । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेश प्रदेशमा पर्यटनको प्रचूर सम्भावना रहेको बताएका छन् ।

मंगलबार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बर्दिबास महोत्तरीको निरीक्षण गर्दै एमाले मधेश प्रदेशका इन्चार्जसमेत रहेका भट्टराईले सो कुरा बताएका हुन् ।

उनले भने, ‘सांस्कृतिक हिसाबले मधेश एकदमै अग्रसर छ । मधेशलाई जसरी पर्यटनको हिसाबले विकास गर्नुपर्ने थियो । त्यसरी गर्न सकिएन ।’

यस्तै, उनले नाथमलाई बर्दिबासले उपहारको रुपमा बुझ्नुपर्ने बताउँदै नाथम कलेजको महत्वलाई यहाँका जनप्रतिनिधिले पनि गम्भीरताका साथ लिनुपर्नेमा जोड दिएका छन् ।

कलेज निरीक्षणका लागि पुगेका भट्टराईसहितका नेताहरूलाई नाथम बर्दिबासका प्रमुख शिवेन्द्र मल्लिकले कलेजलाई थप व्यवस्थित बनाउनका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

निरीक्षणको क्रममा नेता भट्टराईसँगै नेकपा एमालेका मधेश प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादव, प्रदेशसभा सदस्य शारदादेवी थापा, एमालेका मधेश प्रदेशका प्रचार विभाग प्रमुख सोमप्रसाद शर्मा, प्रदेश सचिवालय सदस्य शङ्कर महतोलगायत स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ