महोत्तरी, ११ साउन । जिल्लाको मटिहानी नगरपालिकालाई सुखाग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
मटिहानी नगरपालिकाको बिहीबार बसेको कार्यपालिकाको बैठकले लामो समयदेखि पानी (वर्षा) नभएकोले कृषि क्षेत्र लगायत धान खेती समेत प्रभावित भएकोले सुखा क्षेत्र घोषणा गर्न सरकारस“ग माग गर्ने निर्णय गरेको छ ।
मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलको अध्यक्षतामा बसेको बैठकले सुखा क्षेत्रको जनतालाई तत्काल राहत उपलब्ध गराउनका साथै उचित पानीको व्यवस्थापन पनि गरि दिन समेत अनुरोध गरेका छन् ।
मटिहानी नगरपालिकामा १६ सय ८६ हेक्टर कृषि क्षेत्रको जग्गा रहेकोमा १२ सयमा धान खेती गरिन्छ ।
तपाईको प्रतिक्रिया