धनुषा, ११ साउन । जनक नन्दनी गाउँपालिका–३ महुवा ढालाबाट स्रोत नखुलेको करिब पाँच लाख रपैयाँसहित एक जना पक्राउ परेका छन् ।
नगद ४ लाख ९९ हजार रुपैयाँसहित सोही गाउँपालिका–६ कठाल बस्ने ३५ वर्षीय मिनेष कुमार यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले प्रदेश–२–०२–००१ प २०२३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगदससहित फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया