महोत्तरी, ११ साउन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन तस्करी जस्ता ठुला घटनाको स्वच्छ, स्वतन्त्र रुपमा अनुसन्धान गरी घटनामा संलग्न र दोषी कोही कसैलाई पनि नछोड्ने बताएका छन् ।
बर्दिबास नगरपालिका ३ स्थित श्री जनता माध्यमिक विद्यालयले बर्दिबास गौरीडाँडामा आयोजना गरेको शिक्षा सम्मेलन २०८० को उद्घाटन कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
उनले सरकार देशमा सुशासन र समृद्धि स्थापना गर्ने अभियानबाट पछि नहट्ने बताएका छन् ।
गृहमन्त्री श्रेष्ठले भ्रष्ट, अपराध, तस्करी, बेतिथिमा संलग्न सबैलाई कानुनको दायरामा ल्याइने स्पष्ट पारे ।
तपाईको प्रतिक्रिया