पानी पर्दा बर्दियाका किसान आकाशतिर हेर्दै खुशीले गदगद

समाचार

कमलराज पौडेल देवकमल, बर्दिया, १३ साउन । पानीको आशामा आकाशतिर हेरेर पुरै असार महिना बिताएका बर्दियाका किसान अहिले पानी पर्दा आकाशतिर हेरेर खुसीले गदगद भएका छन् ।

साउनको पहिलो सातादेखि बर्षा भइरहेकोले किसान खुशी भएका हुन् । असारको दोस्रो सातासम्म रोपाइँ गरेर सकिनु पर्ने बर्दियामा बर्षा नभएकोले आन्तरिक रोपाइँ मात्र भएको थियो ।

डिजल खरिद गरि बोरिङ चलाएर रोपाइँ गर्दा महंगो पर्ने हुँदा आकाशे पानीको आशामा अहिलेसम्म रोपाइँ नगरी बसेका किसानहरुले अहिले बर्षात भएपछि रोपाइँ सुरु गरेका कुरा गुलरिया नपा– १२ का सम्सुदिन शेषले बताए ।

उनले भने, “असार महिना मा रोपि सक्नुपर्ने धान साउन दोस्रो साता रोप्दा उत्पादन कम हुन्छ कि भन्ने चिन्ता लागेको छ ।”

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यलय बर्दियाका कार्यालय प्रमुख सागर ढकालका अनुसार ५० हजार २ सय हेक्टरमा धान खेती हुने बर्दियामा साउनको पहिलो सातादेखि आएको बर्षाले रोपाइँ हुन बाकी रहेको सबै खेतहरु मा रोपाई पूरा भइसकेको छ ।

धान उत्पादनको राम्रो क्षेत्र मानिएको बर्दियाका ८ वटै पालिकामा पानी अभावका कारण ६० देखी ८० प्रतिशत मात्र रोपाइँ भएको थियो अहिले बर्षा भएकोले रोपाइँ पुर्ण भएको सूचना स्थानीय तहका प्राबिधिकले दिएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ