कैलाली, १४ साउन । जिल्लाको छुट्टैछुट्टै स्थानबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् ।
टिकापुर नगरपालिका–९ खक्रोला पुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ ब्लक नम्बर ११ वस्ने २४ वर्षीय आवाश भट्टराई र सोही नगरपालिका–१ ब्लक नम्बर १८ बस्ने २५ वर्षीय जिवन रावल रहेका छन् ।
प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको रा.५ प ३७४ नम्बरको मोटेरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी, धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगरसहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका–८ बस्ने २१ वर्षीय विवेक चौधरीलाई ६ सय ५० मिलिग्रामसहित तथा सोही उपमहानगरपालिका–१ बस्ने २१ वर्षीय संजय गुप्ता र १९ वर्षीय अभिषेक कुसुवालाई अवैध लागूऔषध ब्राउनसुगर १ सय १० मिलिग्रामसहित पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया