महिलाले लगाएको सिक्री लुटपाट गर्ने तीन जना पक्राउ

समाचार

मोरङ, १४ साउन । सुन्दरहरैचा नगरपालिका–९ बस्ने २७ वर्षीया महिलाले लगाएको सुनको सिक्री लुटपाट गरेको अभियोगमा ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्सा वीरगंज महानगरपालिका–१६ बस्ने २६ वर्षीय बिशाल रायमाझी, पर्सा जगरनाथपुर नगरपालिका–६ बस्ने २९ वर्षीय उमेशराय यादब र माहादेबपुर नगरपालिका–६ बस्ने ८ वर्षीय बालक रहेका छन् ।

सोही नगरपालिका–८ सलकपुर बजारमा तरकारी किनिरहेको अवस्थामा सिक्री थुति भाग्ने क्रममा स्थानीयले अभियुक्त मध्येका बिशाललाई नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कर्यालय बिराटचोकबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ