गोरू काटेको अभियोगमा तीन जना पक्राउ

समाचार

मोरङ, १४ साउन । लेटाङ नगरपालिका–६ सुकेचौरी बस्ने ६१ वर्षय राम कुमार तमाङसमेत ३ जनालाई गोरू काटेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

तमाङको घरमा गोरु काटेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले गोरु काटी झोलामा प्याकिङ गर्दै गरेको अवस्थामा उनीहरुलाई अन्दाजी ३५ केजी गोरुको मासु, खुकुरी २ थान, तराजु १ थानसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ