वीरगन्ज, १४ साउन । नेपालका लागि नेपाली पार्टी जिल्ला समिति पर्साले गोपाल मण्डली वीरगन्जमा बृहत पार्टी प्रवेश कार्यक्रम र मोटरसाइकल रैली सम्पन गरेको छ ।
पर्सा जिल्ला अध्यक्ष ईन्जिनियर अनिल प्रसाद कुर्मीको सभापतित्वमा भएको कार्यक्रम पार्टीका सर्वोच्च नेता सुशील चन्द्र अधिकारीको प्रमुख आतिथ्यमा सम्पन भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले भने, ‘विदेशीको गुलामीबाट मुक्ति दिलाउन पार्टी खड़ा भएको हो र पार्टीको बटमलाइन हिन्दू अधिराज्य नेपाल हो।’
कार्यक्रमका विशिष्ठ अतिथि पार्टी केन्द्रीय अध्यक्ष संतोषानन्द महाराजले मुलुकमा हिन्दू अधिराज्यको माहोल बन्दै गइरहेको बताउँदै भने, ‘तपाई हामी आ–आफनो क्षेत्रबाट नेतृत्वदायी भूमिका निर्वाह गर्ने बेला आएको छ । पृथ्वीनारायण साह र हिन्दू अधिराज्यको विरोध गर्ने पार्टी वा समूह सबै राष्ट्रघाती हुन् ।’
महाराजले भने, ‘गौ हत्या, लबजिहाद, धर्म परिवर्तन, धर्म गुरुमाथी आक्रमण, सनातन धर्मका आस्था माथि कु विचार, राष्ट्रघाती समझौता, विदेशी हस्तक्षेप बढ्नु राम्रो संकेत होइन । सम्पूर्ण नेपालीलाई एक सूत्रमा बाँध्ने संजीवनी हो हिन्दू अधिराज्य ।’
पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रीय महामन्त्री दीपक महाराज आत्रेय, कोषाध्यक्ष विष्णु भक्ति दास, केन्द्रीय सदस्यहरु बिनोद कुर्मी, महेश्वर बाबा, राजदेवी जैसवाल, पिया सिंह, मधेश प्रदेश उपाध्यक्ष मुना गुप्ता, सह सचिव रामप्रसाद कुर्मी, कोषाध्यक्ष पारस द्विवेदी, प्रदेश सद्स्य बिभा साह, राष्ट्रिय सरोकार मंच नारायणी अंचल संयोजक नंदकिशोर गोयल, हिन्दू वादी अगुवा तुलसी पौडेल, बैकुंठ सिलवाल, प्रह्लाद साह,जयलाल कुर्मी, संतोष पटेल, पार्टीका पर्सा जिल्ला उपाध्यक्ष संतोष सिंह र पवन गुप्ता, सचिव नवीन मिश्रा, सह सचिव आनन्द सिंह, कोषाध्यक्ष प्रणय सिन्हा, बीरगंज नगर अध्यक्ष धीरज गुप्ता, उपाध्यक्ष धीरज साह लगाएतकाले शुभकामना मंतव्य बयक्त गरेका थीए।
साथै नेपालका लागि नेपाली पार्टी जिल्ला समिति पर्साको अगुवाईमा वीरगन्जमा मोटरसाइकल रैली समेत भएको थियो र हनुमान मन्दिर अगाडि प्रहरी हस्तक्षेप समेत भएको थियो ।
तपाईको प्रतिक्रिया