जनकपुरधाम, १४ साउन । रामकुमार महतो अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी र रेशम चौधरीले स्थापना गरेको नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण भएको छ ।
आइतबार जनकपुरधाममा दुवै पार्टीबीच एकीकरण घोषणा भएको हो ।
नेसपाका अध्यक्ष महतो र नेपाल नाउपाका नेता रेशमलाल चौधरीले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिः
देशमा सात दशक लामो संघर्ष र बलिदान पश्चात संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । विश्वमा विकशित नविनतम् लोकतान्त्रिक मुल्य र मान्यताको दृष्टिले यसमा अपूर्णता रहेपनि यो आजसम्म नेपाली जनताले प्राप्त गरेको सबैभन्दा महत्वपूर्ण उपलब्धि हो । यसलाई अझ विकसित गर्दै पहिचानमा अधारित नामाकरण सहित प्रदेशको संरचना हेरफेर जातीय जनसंख्याको आधारमा पूर्णसमानुपातिक निर्वाचन प्रणाली स्थानिय तहमा निर्दलीय निर्वाचन प्रणाली एवं शैक्षिक योग्यता तथा उमेरको हदवन्दी, राज्यको सबै निकायमा जनसंख्याको आधारमा पूर्ण समानुपातिक समावेशीको सुनिश्चितता, हिन्दी भाषा दोस्रो राष्ट्रिय भाषाको रुपमा मान्यता प्राप्त लगायत समतामुलक समाजवादको स्थापना हेतु समाजिक न्याय, सुशासन, समृद्धि लगायत दैनिकी जीवन सहज रुपमा जीउनका लागि परम्परागत राजनैतिक शक्तिको विकल्पमा विचार, संगठन र कार्यपद्धतिको दृष्टिले अग्रगामि लोकतान्त्रिक शक्तिको आवश्यकता प्राप्तिका लागि मधेसि, आदिवासि जनजाति, थारु, मुस्लीम, दलित, पिछडावर्ग लगायत सबै उत्पीडित समुदायहरुको सबैखाले पहिचान र अधिकार प्राप्तिको साथ साथै मधेस मुक्ति आन्दोलनको आँधीवेरी सृजना गर्न अपरिहार्य भएकोले नेपालको राजनीतिमा अग्रगामी शक्तिको रुपमा नेपाल सद्भावना पार्टी र नागरिक उन्मुक्ति पार्टी विच निम्न आधारमा एकीकरणक गर्ने सहमति भएको छ ।
१) अगामि एकता महाधिवेशन सम्मका लागि एकीकृत पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी हुनेछ ।
२) दुवै पक्षविच सम्झौता भए पश्चात महाधिवेशन सम्म भण्डा, चुनाव चिन्ह, छाप र विधान नागरिक उन्मुक्ति पार्टीले प्रयोग गर्दै आएको हुनेछ ।
३) केन्द्रीय निकाय देखि स्थानियतह सम्म पदाधिकारी तथा सदस्यहरुको समायोजन दुबै पार्टी विच आन्तरीक सहमती अनुसार हुनेछ ।
तपाईको प्रतिक्रिया