जनकपुरधाम, १५ साउन । मधेश प्रदेश सरकारबाट डा.सीके राउतको जनमत पार्टीका एक जना मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएका छन् ।
जनमतका उपाध्यक्षसमेत रहेका विना विभागीय मन्त्री ई.वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले पार्टीको निर्देशनअनुसार राजीनामा दिएका प्रवक्ता डा.शरदसिंह यादवले बताएका हुन् ।
कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालयमा एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरिएको थियो ।
अब हुने मन्त्रिपरिषद् विस्तारमा नयाँ अनुहारलाई पठाउने तयारी जनमतले गरेको प्रवक्ता डा.यादवले बताए ।
तपाईको प्रतिक्रिया